Notice Board





आवश्यकता
प्रकाशन मिति २०७५ पौष २० 

 इन्द्रेणी ग्रामीण विकास केन्द्र, नेपालले IM Swedish Development PartnerThe Charity Fund Australia को सहकार्यमा कपिलवस्तु जिल्लाको बुद्धभूमी नगरपालिकाको वडा नं. ९ मा संचालन हुने प्रभावकारी पोखरी व्यवस्थापनबाट थारु समुदायको जीविकोपार्जन सुधार परियोजना (Livelihood Improvement of Tharu Community through Effective Management of Pond) को लागि केहि मानवस्रोतको आवश्यकता परेकोले निम्न उल्लेखित योग्यता पुगेका व्यक्तिहरुबाट दरखास्त आह्वान गरिएको छ । 

                आवश्यकता सम्बन्धी विवरण
१. सामाजिक परिचालक –  (संख्या १)
·         तलव तथा सुविधा ः संस्थाको नियमानुसार
·         न्यूनतम योग्यता ः एस.एल.सी. उत्तीर्ण भई सामाजिक परिचालनको क्षेत्रमा २ वर्षको अनुभव भएको,
·         शिक्षा, जीविकोपार्जन, सहकारी तथा समूह परिचालनको क्षेत्रमा सहजीकरणको सीप तथा अनुभव भएको,
·         स्थानीय सरकारी तथा गैरसरकारी निकायहरुमा संपर्क समन्वय गर्ने सीप तथा अनुभव भएको,
·         स्थानीय अनुभवीलाई प्राथमिकता ।

२. व्यवसाय प्रवद्र्धन अधिकृत – (संख्या १)
·         तलव तथा सुविधा ः संस्थाको नियमानुसार
·         न्यूनतम योग्यता ः स्नातक उत्तीर्ण भई कृषि तथा व्यवसाय प्रवद्र्धनको क्षेत्रमा कम्तिमा ३ वर्षको अनुभव भएको,
·         कम्प्यूटर, इन्टरनेट तथा अंग्रेजी भाषामा प्रतिवेदन तयार तथा प्रस्तुत गर्न सक्ने सीप भएको ।
·         कृषि, शिक्षा, जीविकोपार्जन, सहकारी तथा समूह परिचालनको क्षेत्रमा सहजीकरणको सीप तथा अनुभव भएको,
·         स्थानीय सरकारी तथा गैरसरकारी निकायहरुमा संपर्क समन्वय गर्ने सीप तथा अनुभव भएको,
·         चालक प्रमाण पत्र भएको ।

३. कार्यक्षेत्र ः बुद्धभूमी नगरपालिका कपिलवस्तु
४. आवेदन बुझाउने ठेगाना ः इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपाल बुद्धभूमी न.पा.२, गोरुसिंगे,
                                                       Email: rdcnepal@gmail.com
५. आवेदन बुझाउने अन्तिम मिति ः २०७५ पौष २९ गते ।
६. छनोट प्रक्रिया ः लिखित तथा अन्तर्वार्ता (छनोट सुचिमा परेकाको लागि मात्र)
७. संलग्न गर्नु पर्ने कागजपत्रहरु ः
क. निवेदन
ख. व्यक्तिगत विवरण (CV)
ग. शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि, नागरिकताको प्रतिलिपि तथा अनुभवको प्रमाणपत्रको प्रतिलिपिहरु






संस्थाको नागरिक बडापत्र
यस बर्षको ११औ सूचना दिवस
सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार 
कुनैपनि सार्वजनिक सरोकार, थाहा पाउने नागरिकको अधिकार  |

नारा सहित बिभिन्न कार्यक्रम आयोजना गरी मनाउन लगिएको छ | यस अवसरमा इन्द्रेणी ग्रामीण विकास केन्द्रले संस्थाको नागरिक बडापत्र प्रकाशित गरेको छ |


इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपाल कपिलवस्तु
संस्थाको नागरिक वडापत्र २०७५
Organization's Citizen Charter
प्रकाशन मिति २०७५ भाद्र ३

१. संस्थाको स्वरुप र प्रकृति
इन्द्रेणी ग्रामीण विकास केन्द नेपाल्र नागरिक समाज संस्था हो । यो नेपाल सरकारमा दर्ता भई सञ्चालनमा आएको छ । नेपाल सरकारबाट स्वीकृत भएको विधान अनुसार यो संस्थाले आप्mना क्रियाकलापहरु संचालन गर्दछ ।
गतिशिल, समृद्ध र न्यायपूर्ण समाजको स्थापना गर्ने परिकल्पनाबाट निर्देशित यस संस्थाले स्थानीय स्रोतसाधनको परिचालन र पैरवीको माध्यमबाट समुदायलाई शिक्षित, संगठित र सशक्तिकरण गर्दै आर्थिक, सामाजिक, साँस्कृतिक तथा वातावरणीय विकासको ध्येय लिएर अग्रसर हुँदै आएको छ ।
स्थानीय स्रोतसाधनको उचित परिचालन गरी सीमान्तकृत समुदायको आर्थिक, सामाजिक, साँस्कृतिक तथा वातावरणीय विकासमा सकरात्मक परिवर्तन र स्थानीय तहमा उपलव्ध भएका सेवा, सुविधा तथा स्थानीय स्रोतको उचित परिचालन गर्न सक्ने सामुदायिक क्षमताको विकासमा आफ्ना क्रियाकलापहरु लक्षित गर्दै आएको यस संस्थाको स्थापना २०५२ सालमा भएको हो ।

२. संस्थाकोे काम, कर्तव्य र अधिकार
नेपाल सरकारबाट स्वीकृत भएको विधान र संस्थाले बनाएका निर्देशिका तथा नियमावलि अनुसार यस संस्थाले समुदायमा सचेतना, क्षमता अभिबृद्धि, स्रोत परिचालन लगायत आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासको क्षेत्रमा काम गर्दै आएको छ ।

३. संस्थाको विषयगत कार्यक्षेत्र
  • आर्थिक विकास
  • मावअधिकार
  • सुशासन
  • खानेपानी, सरसफाई तथा स्वच्छता
  • जलवायु परिवर्तन
  • विपद जोखिम न्यूनिकरण


 ४. संस्थाको कार्य समिति विवरण
क्र.सं.
नाम
पद
संपर्क नं.
शुभलाल भुसाल
अध्यक्ष
९८५११२७८४३
सुमित्रा भुसाल
उपाध्यक्ष     
९८४७२५१४७७
विष्णु पौडेल
सचिव
९८०७५९९९९५
साहस शर्मा
कोषाध्यक्ष

निर्मला गुप्ता
सदस्य
९८००७८५०५५
कमला बि क
सदस्य
९८४७०१७७६७
पार्वता बंजाडे
सदस्य
९८४७४३१४९५
सन्तोष हरिजन
सदस्य
९८०७४१०७३५
रेखा पौडेल
सदस्य
९८४७५११५४२
                                         
५. संस्थाको सल्लाहकारहरु
क्र.सं.  नाम                                       पद                संपर्क नं.
     विष्णु गौतम                           सल्लाहकार    ९८५७०३३४७४
     शालिकराम बन्जाडे                सल्लाहकार    ९८४७१६३२६१
     रामआसरे चौधरी                  सल्लाहकार    ९८४७२८८१९७

६. संस्थाको कार्यकारी निर्देशक
क्र.सं.  नाम               पद                                        संपर्क नं.
     प्रदीप शाह     कार्यकारी निर्देशक                 ९८५७०२१२३३

७. संस्थाको विभाग तथा विषयगत समितिहरु
क्रसं   विभाग वा विषयगत क्षेत्र                              प्रमुख वा संयोजक     संपर्क नं.
     अनुगमन तथा मूल्यांकन समिति                  शुभलाल भुसाल             ९८४७१६३२६१
     स्रोत व्यवस्थापन तथा परिचालन समिति      विष्णु प्रसाद गौतम    ९८५७०३३४७४
     जेसी फोकल पर्सन                                         सुमित्रा भुसाल              ९८४७२५१४७७
     परियोजना व्यवस्थापन समति                          प्रदीप शाह                 ९८५७०२१२३३




८. संस्थाबाट संचालित परियोजना तथा संयोजकहरु
क्रसं   परियोजनाको नाम                                                                     संयोजक                 संपर्क नं.
     नागरिक समाज पारस्परिक जवाफदेहिता परियोजना             लक्ष्मीनाथ ज्ञवाली  ९८४७०२३११२
   सीमान्तकृत समुदायको सामाजिक तथा आर्थिक सशक्तिकरण  रामबहादुर बुढामगर ९८४७०३९८३४
     खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम                                    इतेन्द्र बज्राचार्य

९. संस्थाबाट संचालित परियोजनाहरुको विवरण
क्रसं
परियोजनाको नाम
सहयोगी संस्था
परियोजनाको अवधि
कार्यक्षेत्र
परियोजनाको  बजेट  
(०७३÷०७४)
नागरिक समाज पारस्परिक जवाफदेहिता परियोजना
CHI 360
फरबरी २०१७ देखि सेप्टेम्बर २०१९
विजयनगर गाउंपालिका कपिलवस्तु र तिनाउ गाउंपालिका पाल्पा
११८६९१०.००
सीमान्तकृत समुदायको सामाजिक तथा आर्थिक सशक्तिकरण परियोजना
आई एम स्वीडिस डेभेलपमेण्ट पार्टनर नेपाल
सेप्टेम्बर २०१५ देखि डिसेम्बर २०१८
विजयनगर गाउंपालिका वडा नं. १,,५ र ६ तथा  शिवराज नगरंपालिका ९ कपिलवस्तु ।
४४४२१९८.००
खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम
खानेपानी तथा सरसफाई कोष विकास समिति
२०७२ श्रावण देखि २०७५ मंसिर
बुद्धभूमी नगरपालिका ३ कपिलवस्तु
४१०००००.०० (समुदाय समेत)
                                                            
१०. परियोजनाका प्रमुख क्रियाकलापहरु
क्रसं
      परियोजनाको नाम   
प्रमुख क्रियाकलापहरु
नागरिक समाज पारस्परिक जवाफदेहिता परियोजना
नागरिक समाज संस्थाहरुको सुशासन अभिबृद्धि, प्रमाणमा आधारिक पैरवी, स्थानीय सभा गठन तथा सहजीकरण, सृजनसिल शाखा स्थापना तथा संचालन सहयोग, पारदर्शिताका  लागि सामाजिक जवाफदेहिताका औजार, सार्वजनिक खर्च सर्वेक्षण आदि
सीमान्तकृत समुदायको सामाजिक तथा आर्थिक सशक्तिकरण परियोजना
समूह निर्माण तथा सुदृढीकरण, जीविकोपार्जन तथा उद्यमशीलता विकास शिक्षा संचालन, आवश्यकतामा आधारित प्राविधिक तालिम, व्यवसायिक योजना निर्माण, उद्यमशीलता विकासको लागि आर्थिक तथा प्राविधिक सहयोग, आर्थिक, सामाजिक तथा साँस्कृति अधिकार संजालको सुदृढीकरण तथा पैरवी अभियानमा सहयोग, सीमान्तकृत समुदायको स्रोत तथा अवसरमा पहुंचको लागि सहजीकरण ।
खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम
खानेपानी, सरसफाई तथा स्वच्छता संबन्धि सचेतना, ओभरहेड पानीटंकी निर्माणमा सहजीकरण आदि ।

 ११. संस्थाबाट कार्यान्वयनमा ल्याइएका नीति, नियम तथा निर्देशिकाहरु
यस संस्थाले आफ्ना कामहरुलाई सुव्यवस्थितरुपमा संचालन गर्न निम्नानुसारका विधान, नीति, नियमहरु बनाई कार्यान्वयनमा ल्याएको छ ।
  • ·         संस्थाको विधान
  • ·         आर्थिक तथा प्रशासनिक नियमावली,
  • ·         मानवस्रोत व्यवस्थापन नियमावली
  • ·         स्रोत व्यवस्थापन तथा परिचालन निर्देशिका,
  • ·         लैंगिक तथा समावेशी नीति,
  • ·         रणनीतिक योजना
  • ·         आचार संहिता


१२. संस्थाको वेवसाइट तथा इमेलहरुको विवरण
संस्थाको गतिविधिहरु हेर्न र सूचना लिन तथा दिन तल उल्लेखित वेवसाईट तथा इमेल प्रयोग गर्न सकिने छ ।
वेवसाइट  www.irdcnepal.blogspot.com
इमेल         irdcnepal@gmail.com

१३. संस्थाबाट प्रस्तुत गरिने प्रतिवेदनहरु
संस्थाले परियोजनागतरुपमा मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक प्रतिवेदनहरु तयार गरी सम्वन्धित दातृनिकायहरु समक्ष प्रस्तुत गर्दछ । साथै वार्षिक रुपमा संस्थागत प्रतिवेदन तयार गरी कार्यसमिति तथा साधारण सभा समक्ष पनि प्रस्तुत गर्दछ । यस्ता प्रतिवेदनहरु सूचना अधिकारीको माध्यमबाट सरोकारवालाहरुले नियमानुसार हेर्न पाउने ब्यवस्था गरिएको छ ।

१४. संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि
संस्थाबाट उपलव्ध हुने सेवा तथा सूचनाहरु प्राप्त गर्न चाहिएको सूचनाहरुको सूची बनाई सूचना अधिकारीसंग लिखितरुपमा माग गर्नुपर्ने छ र सूचना अधिकारीले माग अनुसारका सूचनाहरु संकलन गर्न लाग्ने समय तोकी सो अनुसार संबन्धित व्यक्तिलाई सूचना उपलव्ध गराउने छ । संस्थामा भएका सूचनाहरु लिंदा कुनै दस्तुर लाग्ने छैन । तर व्यापारिक वा व्यवसायिक प्रयोजनको लागि दिइने सूचनाहरुको भने दस्तुर लिन सकिने छ ।

१५. संस्थाको सुचनाहरुको संपर्क व्यक्तिहरु
क्रसं   नाम   पद    संपर्क नं.
     प्रदीप शाह     कार्यकारी निर्देशक                     ९८५७०२१२३३
     मनोज पन्थी   सूचना अधिकारी– कार्यक्रम      ९८५७०५४४७७
     सीमा राना    सूचना अधिकारी– आर्थिक        ९८२१४१८८९५

१६. गुनासो सुन्ने अधिकारी
क्रसं   नाम   पद    संपर्क नं.
     शालिकराम बन्जाडे    सल्लाहकार    ९८४७१६३२६१

१७. आर्थिक कारोबार संबन्धि विवरणहरु
संस्थाले प्रत्येक महिना सबै परियोजनाहरुको छुट्टाछुट्टै आर्थिक प्रतिवेदन तयार गरी सम्वन्धित दातृनिकाहरु समक्ष प्रस्तुत गर्दछ । यस्ता प्रतिवेदनहरु सूचना अधिकारी वा लेखा प्रमुख मार्फत हेर्न सक्ने प्रावधान गरिएको छ ।

१८. संस्थाबाट प्रकाशित हुने विज्ञापनहरु
संस्थाले विभिन्न प्रयोजनको लागि प्रकाशित गर्ने बिज्ञापन तथा सूचनाहरु संस्थाको सूचना पाटी, वेवसाईट तथा आवश्यकतानुसार स्थानीय तथा राष्ट्रिय पत्रिकामा प्रकाशित गरिने छ ।

१९. संस्थामा संपर्क तथा पत्राचार गर्ने ठेगाना
इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपाल
बुद्धभूमी २, गोरुसिंगे
०७६ ५४५०१३

1 comment: